नेपाली महिलामाथि भारतीय सुरक्षाकर्मीद्धारा दुर्ब्यबहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाली महिलामाथि भारतीय सुरक्षाकर्मीद्धारा दुर्ब्यबहार

भैरहवा, २० फागुन । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बस्ने देवी आलेमगरलाई भारतीय सुरक्षाकर्मीले भारतबाट नेपाल तर्फ सामान किनेर फर्कने क्रममा दुर्ब्यबहार गरेको छ । भारतको सुनौलि बजारबाट सामान किनेर नेपाल आउने क्रममा भारतीय सुरक्षाकर्मीले चेक जाँच गर्ने क्रममा एसएसबि महिलासंग सामान्य वादविवाद भएपछि भारतीय सुरक्षाकर्मीले दुर्ब्यबहार गरेको स्थानियले बताए ।

यो मात्रै दुर्ब्यबहार नभएर निरन्तर भारतीय सुरक्षाकर्मीले नेपालीहरुमाथि दुर्ब्यबहार गरिरहेको स्थानियहरु बताउँछन् । सोधपुछ गर्ने क्रममा हातपात गरि कपडा समेत च्यातिदिएको बेलहिया युवा सामाजिक अभियन्ता सुमहका सचिव माधव शर्माले बताए । बेलहियाबासीले थाहापाएपछि त्यो बिरुद्ध आवाज उठाएको शर्माले बताए ।

घटनाले उग्ररुपसमेत लिएको थियो बिशेष कामले मात्र सुनौलि बजार आउनु होला, भारतीय नागरिकले होइन हामी भारतीय सुरक्षाकर्मीबिरुद्ध नारा जुलुस गरेका थियौँ शर्माले भने । भारतीय सुरक्षाकर्मीले निरन्तर सामान किन्न गएकाहरुलाई दुर्ब्यबहार गर्ने गरेको स्थानिय युवा उज्जवल पोखरेलले बताए । महिला एसएसबिसंग झगडा हुँदा भारतीय पुरुष सुरक्षाकर्मीले समेत हातपात गरेको पोखरेलले बताए ।

पूर्णरुपमा खुलेको खण्डमा सहज हुने पोखरेलको तर्क रहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले पटक पटक दुर्ब्यबहार भएको कुरा आएको हुँदा नोटिस गरि सम्बन्धीत निकायमा पठाइएको बताए । दुवै पक्ष बसेर छलफल भएको र कमीकमजोरीहरुलाई सच्याएर जाने सहमति समेत भएको थापाले बताए ।

भारतीय सुरक्षाकर्मीको ज्यादतीको विरोधमा नाका घेराउ गरेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा भारत महाराजगन्जका सुरक्षा प्रमुख डी.एम र एस.पीले छलफल गरि नाका सहज वातावरण बनाइएको थापाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);