लागूऔषध नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लागूऔषध नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा , २० फागुन । आज जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटन स्थित रहेको लागूपदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूह नेपालका पदाधिकारीहरू सँग लागूऔषध दुर्व्यसनीको अवस्था, लागूऔषध नियन्त्रण र न्यूनिकरण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ ।

उक्त कार्यक्रममा उक्त आमा समूहका पदाधिकारी, भद्रभलाद्मी, समाजसेवी लगायत २५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक ज्यूले हालको अवस्थामा लागूऔषध नियन्त्रण र न्यूनिकरणमा अभिभावक, समाज, विद्यालयको महत्वपूर्ण भूमिका रहने र लागूपदार्थ नियन्त्रणको लागि नागरिक र प्रहरी एक भएर लाग्नुपर्ने, सानो भन्दा सानो सूचना प्रहरीलाई दिनुपर्ने धारणा राख्दै आमा समुहको कार्यलाई सम्मान तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);