पल, पूजा र सुदर्शनबिच यो कस्तो टकराब ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

पल, पूजा र सुदर्शनबिच यो कस्तो टकराब ?

paul-pooja-sudarshan

काठमाडौं, ६ भदौ । गत वर्ष ‘म यस्तो गीत गाउँछु’बाट चर्चित बनेको जोडी हो– पल शाह र पूजा शर्मा । अन्तरवार्ता होस या चलचित्रमा यी जोडी दर्शकमाझ निकै लोकप्रिय बनेको थियो । तर चलचित्रले पाएको सफलतासँगै यी दुईबिचको शित युद्ध भने सुरु भयो ।

चलचित्र क्षेत्रमा सबैलाई थाहा छ पल र पूजाको सम्बन्ध मिडियामा देखे जति राम्रो छैन । तर केही दिन देखि भने पल र पूजा पुनः एकसाथ चलचित्रमा देखिन्दैछन् भन्ने समाचार बाहिरिएको छ ।

यता नायक पल शाहले केही मिडियामा अन्तरवार्ता दिँदै आफूले चलचित्रमा साइन गरिसकेको समेत बताएका छन् । उनको अनुसार निर्देशक सुदर्शन थापाको पार्टनरलाई आफू सायद चित्त नबुझेको हुन सक्ने भन्दै नायिका पूजा शर्मालाई अङ्कित गरेका थिए । तर पलले मिडियामा आफू सुदर्शन र पूजाको नयाँ चलचित्रमा अनुबन्धित भएको भनेता पनि चलचित्र निर्माण पक्षले यस बारे केही खुलाएको छैन ।

अझ निर्देशक सुदर्शन थापाले मङ्गलवार फेसबुकमा स्टाटस लेख्दै केही मिडिया र पल शाह माथि असन्तुष्टि जनाएका छन् । उनले स्टाटसमा आफूले कुनै मिडियामा पनि पल शाहसँग चलचित्र गर्ने र नगर्ने बिषयमा कुरा नभएकाे तर पलसँग भने २ महिना अघि कुरा भएको भन्दै लेखेका छन् ।

थापाकाे अनुसार पल नयाँ चलचित्रमा अनुबिन्धत भइसकेकाे र चलिचत्र रामकहानी रिलिज पश्चात मात्र यस बिषयमा जानकारी दिने बताए । तर पलले भने मिडियामा अाफुलाई चलचित्र साइन गरेता पनि निर्माण टिमले केही वास्ता नगरेकाे बताएका थिए । सिनेपाटीबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);