१० वर्षपछि बबलीसँग हुनेछ बन्टीको कमब्याक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

१० वर्षपछि बबलीसँग हुनेछ बन्टीको कमब्याक

abhisek

काठमाडौं, ५ भदौ । अभिनेता अभिषेक बच्चन दुई वर्षपछि आफ्नो कमब्याकमा पूरा जोशका साथ जुटेका छन् । चाँडै अनुराग कश्यपको निर्देशनमा बनेको उनको फिल्म मनमरर्जिया पर्दामा आउँदैछ ।

यो फिल्मका उनको अलावा तापसी पन्नू, व‍िक्की कौशल देखिँदैछन् । यसपछि अभिषेक बच्चन, अनुराग कश्यपको फिल्म गुलाब जामुन गर्दैछन्, जसमा उनको साथ ऐश्वर्या राय र अमिताभ बच्चन देखिने कन्फर्म भएको छ ।

यसैबीच, फेरि एकपटक बच्चन र अभिनेत्री रानी मुखर्जीको जोडी पर्दामा देखिने खबरले बलिउड तताएको छ । यो जोडीलाई अन्तिम पटक फिल्म बन्टी बबली मा देखिएको थियो । अभिषेक रानीको नयाँ प्रोजेक्टको बारेमा कुनै औपचारिक जानकारी प्राप्त भएको छैन । खबरअनुसार, उक्त फिल्म बन्टी बबली को सिक्वेल हुनेछ । यदी यसो भएको खण्डमा १० वर्षपछि अभिषेक र रानीको एकसाथ कमब्याक हुनेछ । दुईको जोडी अनस्क्रिनमा हिट रहेको थियो ।

यो कपलले एकसाथ युवा, हम तुम, बस इतना सा ख्वाब है, कभी अलविदा ना कहना, लागा चुनरी में दाग जस्ता फिल्ममा काम गरेका थिए । यस्तै, बन्टी बबली यशराज ब्यानरको सुपरहिट फिल्म मध्येको एक हो ।

यो फिल्मको गीत कजरारे चार्टबीटमा लामो समयसम्म छाएको थियो । अमिताभ अभ‍िषेक ऐश्वर्याको जोडीले यसलाई आइकन‍िक गीत बनाएको थियो । फेरि जब बन्टी बबली को सिक्वेल बन्दैछ भने फिल्ममा यो गीतको प्रतिक्षा पनि दर्शकलाई व्यग्र रहनेछ । फिल्मीखवरबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);