२६ वर्ष पछि अमिताभका छोरा बने ऋषि कपुर! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नयाँ दिल्ली, १ कात्र्तिक । बलिउडका महानायक अमिताभ बच्चन र ऋषि कपुर २६ वर्षपछि एकसाथ फिल्ममा देखिने भएका छन् ।

उमेश शुक्काले निर्देशन गरेको फिल्म ‘१०२ नट आउट’ को हालै छायांकन सकिएको छ । बुधबार ट्वीट गर्दै महानायक बच्चनले यस फिल्म बारे जानकारी दिएका हुन् । फिल्म ‘१०२ नट आउट’मा अमिताभ बच्चन १०२ वर्षीय वृद्धको भुमिकामा देखिएका छन् भने ऋषि कपुर उनका छोराको भुमिकामा रहेका छन् ।

यो फिल्म गुजराती राइटर तथा निर्देशक सौम्या जोशीको नाटक ‘१०२ नट आउट’मा आधारित रहेको छ । अमिताभ र ऋषि पहिलो पटक गुजराती भुमिकामा देखिएका छन् ।

यो फिल्ममा पिता र छोराको सम्बन्धलाई देखाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);