युलियासँग सलमानको ब्रेकअप ! कट्रिनाले बाजी मार्ने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुम्बई, २ कात्र्तिक । बलिउडमा कसैसँग प्रेम गास्नु र टुट्नु सामान्य जस्तो भईसकेको छ । पछिल्लो तीन वर्षदेखि प्रेममा रहेका रोमानिया मोडल युलिया बन्तुर र अभिनेता सलमान खानबीचको प्रेममा टुंगिएको खबर बाहिरिएको छ ।

युलिया केही दिन अघि मात्र आफ्नो देश रोमानिया फर्किसकेकी छिन्, कारण हो उनको भिसाको डेट सकिनु । यदि सलमानले चाहेको भए कुनै पनि प्रोजेक्टमा काम दिएर युलियाको भिसा थप्न सक्थे तर सधैँ यसो गर्दै आएका सलमानले यो पटक युलियालाई भारतमा राख्न चाहेनन् ।

बलिउडमा चलेको गसिप अनुसार युलिया सलमानको निजि जिन्दगीमा दखल दिने गर्थिन्, सोही कारण सलमान रुष्ट भए । अर्को कारण हो कट्रिना कैफ सलमानको जिन्दगीमा फर्किनु ।

रणवीर कपुरसँगको ब्रेकअपपछि कट्रिनाले फिल्म ‘टाईगर जिन्दा हे’ मा सलमानसँग काम गरेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);