सलमान र क्याट्रिना एउटै कोठामा बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सलमान र क्याट्रिना एउटै कोठामा बस्दै

काठमाडौं, २ मंसिर । सलमान खान र क्याट्रिना कैफ एउटै कोठामा बस्दै आएका छन् ।

जब क्याट्रिना रणवीर कपुरको प्रेममा परिन्, त्यसपछि उनीहरूबीच फाटो आएको थियो । रणवीरसँग ब्रेकअप भएपछि क्याट्रिना अहिले फेरि सलमानसँग नजिकिएकी छिन् ।

सलमान र क्याट्रिना पछिल्लो समय टाइगर जिन्दा है फिल्ममा सँगै देखिएका थिए । अहिले उनीहरू भारत फिल्मको सुटिङमा छन् । माल्टामा भारतको सुटिङका क्रममा क्याट्रिना प्रायः सलमानको कोठामा बस्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

टाइगर जिन्दा है पछि प्रायः सँगै देखिँदै आएका क्याट्रिना र सलमानबीच अहिले फेरि प्रेम झाँगिएको बताइन्छ । यद्यपि, सलमान युलिया वान्तुरसँग रिलेसनसिपमा छन् । तर, उनले भारतको सुटिङ सेटमा युलियालाई प्रवेश गर्न समेत रोक लगाएको बताइन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);