‘टाइगर ३’ को कमाई ४०० करोड नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

‘टाइगर ३’ को कमाई ४०० करोड नाघ्यो

काठमाडौं, ११ मंसिर । इमरान र सलमान खानको ‘टाइगर ३’ ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । फिल्मले १५ दिनमा घरेलु बक्स अफिसमा २६५ करोडको व्यापार गरेको छ । योसँगै विश्वव्यापी व्यापार ४०० करोड नाघेको छ ।

टाइगर ३ रिलिज भएको १५ दिनभन्दा बढी भइसकेको छ । दीपावलीमा पर्दामा आएको यो फिल्मले अहिलेसम्म बक्स अफिसमा राम्रो कमाई गरेको छ । वर्षौं पछि, क्याटरिना कैफ जोयाको रूपमा फिल्म पर्दामा फर्किएकी छिन् भने सलमान खान एजेन्ट अविनाश सिंह राठौरको रूपमा फिल्म पर्दामा देखिएका छन् ।

दुवैलाई फेरि फिल्मी पर्दामा एकसाथ देखेपछि फ्यानको खुसीको सीमा रहेन । क्रिकेट विश्वकप २०२३ पछि फिल्मको ब्यापार ठप्प होला भन्ने अपेक्षा धेरैले गर्दा सलमान खान यति सजिलै हार स्विकार्न तयार छैनन् । टाइगर ३ मा सलमान खान–कट्रिना कैफसँगै इमरान हाशमी पनि मुख्य भूमिकामा देखिएका छन् । तीनै जनाले फ्यानहरुको मन राम्रोसँग जितेका छन् । भारत म्याचका कारण मनिष शर्मा निर्देशित फिल्मको सङ्कलन केही समयको लागि घरेलु बक्स अफिसमा पक्कै प्रभावित भयो तर विश्वव्यापी स्पाइ थ्रिलर ब्रह्माण्डको गति भने कायमै रह्यो ।

सैकनलिक.कॉमको रिपोर्ट अनुसार टाइगर ३ ले १५ दिनपछि विश्वभर करिब ४३२ करोडको व्यापार गरेको छ । अर्थात् ३ दिनमा यो फिल्मले विश्वभर करिब ५ देखि ६ करोड रुपैयाँको व्यापार गरेको छ । विदेशमा ‘टाइगर’ ‘जवान’ पछि दोस्रो सर्वाधिक कमाउने बलिउड फिल्म हो । बलिउडका दुबै खानको देश तथा विदेशमा फ्यानहरुको राम्रो लिस्ट छ । सलमान खानको फिल्मले नर्थ अमेरिका, नर्थ अफ्रिका र बेलायतमा राम्रो कमाई गरिरहेको छ ।

जवान पछि टाइगर ३ यो वर्षको दोस्रो चलचित्र हो जसले विदेशी बजारमा सबैभन्दा बढी कमाई गरेको छ । यशराज ब्यानरमा बनेको सलमान खान–कट्रिना कैफ र इमरान हाश्मी स्टारर फिल्म स्पाइ युनिभर्सले हालसम्म विदेशमा करिब ११५ करोडको व्यापार गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);