नेता पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टिकरण साेध्ने कांग्रेसकाे निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

नेता पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टिकरण साेध्ने कांग्रेसकाे निर्णय

काठमाडाैं । नेपाली काँग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई पार्टीको विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको विधान विपरित प्रेस विज्ञप्ती जारी गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

चैत्र १४ गते जारी गरिएको अनधिकृत प्रेस विज्ञप्तीबारे सचेत गराउँदा गराउँदै फेरि चैत्र ३० गते पनि अर्को अनधिकृत प्रेस विज्ञप्ती जारी गरेकाले नेता खड्कालाई सात दिने स्पष्टिकरण सोध्ने निर्णय गरिएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गर्ने पार्टीका सदस्यहरुमाथि उजुरी दिने समय पनि एक महिना थप गरेको छ । २०८२ साल चैत्र मसान्त भित्र उजुरी दिईसक्नुपर्ने यसको निर्णय भएको र सो उजुरीका लागि बैशाख मसान्तसम्म एक महिना समय थप गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

Leave a Reply

ताजा समाचार