काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदमा समानुपातिक सांसदहरुसँग सामूहिक भेट गर्नुभएको छ । प्रतिनिधि सभाका प्रत्यक्षतर्फका सांसदहरुलाई मात्रै भेट दिएपछि आफ्नो आलोचना भइरहेका बेला उहाँले समानुपातिकतर्फका सांसदहरुसँग पनि भेट गर्नुभएको हो ।
भेटमा प्रधानमन्त्री साहले मुलुकमा विद्यमान समस्या र त्यसका निकासका लागि सरकारले तत्काल चाल्नुपर्ने कदमका विषयमा उहाँले आफूहरुसँग जिज्ञासा राख्नुभएको भेटमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले जानकारी दिनुभयो । भेटमा उहाँले जनताको आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने, क्यान्सर रोग पीडितका लागि विशेष व्यवस्था गर्नुपर्नेलगायका विषयमा सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।
भेटमा सांसदहरुले आआफनो क्षेत्रका समस्या सरकारसँग राख्ने काम गरेकाे उहाँकाे भनाइ छ ।





