अमेरिकी सहायक विदेशमन्त्री लुद्वारा नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकी सहायक विदेशमन्त्री लुद्वारा नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ता

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुभएको छ ।

शीर्ष नेताहरुसँगको भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लुले अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे चासो लिनुभएको छ । उहाँले शुक्रबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर भेट गर्नुभयो । भेटमा दुई देशबीचको सहयोग आदान प्रदानबारे छलफल भएको छ ।

लुले प्रधानमन्त्री पत्नी स्व. सीता दाहालको तस्बिरमा श्रद्धाञ्जली पनि अर्पण गर्नुभयो । परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उहाँले एमसीसी कार्यान्वयनलाई लिएर चासो व्यक्त गर्नुभयो । भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र त्यसपछि पनि अमेरिकाबाट नेपाललाई सहयोगको निरन्तरताबारे पनि कुरा भएको बताएको छ ।

त्यसैगरी अमेरिकी सहयोगमा बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को समयमा प्राप्त विशेष सहयोगका लागि धन्यवाद दिनुभयो ।

त्यस्तै लुले शुक्रबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्नुभएको छ । सभापति देउवालाई भेट्न सहायक विदेशमन्त्री लु निवास धुम्बाराही निवास पुग्नुभएको थियो । त्यसक्रममा उहाँले एमसीसी कार्यान्वयवनको विषयमा चासो राख्नुभएको थियो । लूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएको छ ।

एमाले पार्टी मुख्यालय, च्यासलमा भएको शिष्टाचार भेटमा लूले नेपालको संसदले एमसीसी पास गरेकोमा धन्यवाद दिँदै बाँकी प्रक्रियाका लागि अमेरिकी उच्च अधिकारीहरु नेपाल आउने जानकारी गराएको एमाले प्रचार विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);