सलमानसँग साथीभन्दा माथिको सम्बन्ध छ : युलिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सलमानसँग साथीभन्दा माथिको सम्बन्ध छ : युलिया

विगत तीन वर्षयता सलमान खान र युलिया बन्तुर प्रेममा छन् । सलमानले युलियालाई बिहे गर्ने खबर वेलावेलामा फैलिने गरेको छ । सलमानले युलियालाई फिल्मी पार्टी तथा अन्य सार्वजनिक कार्यक्रममा पनि सँगै लिएर हिँड्ने गरेका छन् । त्यसकारण उनीहरू कुनै ठाउँमा भेटिनुलाई नौलो रूपमा हेरिँदैन ।

युलिया प्रायः सलमानको घरमै भेटिन्छिन् । त्यसकारण पनि सलमान र युलियाले बिहे गर्ने समाचार आइरहन्छन् । आफू र सलमानबारे आउने गरेका गसिपसँग आफू अभ्यस्त भएको युलिया बताउँछिन् । उनले हालै एउटा दैनिक पत्रिकालाई दिएको अन्तर्वार्तामा सलमान र आफूबीच साथीभन्दा धेरै माथिको सम्बन्ध रहेको बताएकी छिन् ।

‘सलमानकै सहयोगले मैले हिन्दी फिल्ममा अभिनय गर्न पाएँ, हिन्दी भाषामा गीत गाउन पाएँ,’ उनले भनेकी छिन्, ‘उनले मेरा लागि धेरै गरेका छन् । उनलाई म आफ्नो जीवन साथीभन्दा अति निकट साथीका रूपमा हेर्छु । बाहिर आउने गरेका जति सबै खबरमा सत्यता छैनन् ।’ मान्छेले सोचेको जस्तो जीवन नहुने भएकाले आफू दोधारमा पर्ने गरेको समेत उनले बताएकी छिन् ।

‘मान्छेले सोचे जसरी जीवन व्यतीत हुँदैन । म सलमानलाई अति इज्जत र माया गर्छु, उनले मलाई हरेक कुरामा गाइड गर्ने गर्छन्,’ उनले भनेकी छिन्, ‘थाहा छैन, जिन्दगीले मलाई कहाँ लैजान्छ, तर सलमान र मबीच बिहे गर्नेबारे सिरियस्ली कहिल्यै कुरा भएको छैन ।’ नयाँ पत्रिकाबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);