९ वर्षपछि स्क्रिन शेयर गर्दै अमिताभ बच्चन र सलमान खान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एजेन्सी, १५ भदौ । बलिउड बीग बी अमिताभ बच्चन र सलमान खान लामो समयपछि पुन: एउटै पर्दामा देखिने भएका छन् ।

 

फिल्म ‘रेस’को तेस्रो सिक्वेलका लागि रेमो डिसुजाले अमिताभ र सलमानलाई एकसाथ स्क्रिनमा ल्याउने भएका हुन् । बलिउड मिडियाले जनाए अनुसार अमिताभ बच्चन यो अफरदेखि निकै रोमाञ्चित बनेका छन् ।

९ वर्ष अगाडि सलमान र अमिताभले फिल्म ‘गड तुस्सी ग्रेट’ हो फिल्ममा एकसाथ काम गरेका थिए । उसो त ‘बागबान’ र ‘बाबुल’मा पनि यि दुईले स्क्रिन शेयर गरेका थिए । फिल्ममा अमिताभ र सलमानको केमेष्ट्रिलाई दर्शकले निकै रुचाउने गरेका छन् ।

 

रेसको पहिलो र दोस्रो फ्रेन्चाईज संस्करणलाई अब्बास मस्तानले निर्देशन गरेका थिए । अब यसको तेस्रो फे्रन्चाईजलाई रेमो डिसुजाले निर्देशन गर्ने भएका हुन् ।

 

फिल्ममा सलमान र अमिताभसँगै ज्याक्लिन फर्नान्डिज मुख्य भुमिकामा रहनेछिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);