ऋतिकले माफी मागे मात्र मेरो रिस मर्छः कगंना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, १५ भदौ । बलिउड कि क्वीन कगंना रनावत र ऋतिक रोशनको झगडा साम्य भएको करिब ६ महिना भएपनि कगंनाको रिस मरेको छैन ।

 

आपकी अदालतमा बोल्दै उनले आफुलाई ऋतिकले मानसिक तनाब दिएको जसको कारणले डिप्रेसनमा गएको बताएकी छिन् । ऋतिक रोशनले प्राइभेट म्यासेज सोसियल मिडियामा पब्लिक गरेपछि यातना जस्तै भएको उनले जनाएकी थिइन् । उनले ऋतिकले आएर माफि मागेमा मात्र सन्तुष्ट हुने जिकिर गरेकी छिन् ।

 

एकताका बलिउड लभबर्डका रुपमा व्यापक चर्चा पाएको ऋतिक रोशन र कंगना रनावतको जोडि अहिले एक अर्काको अनुहार पनि हेर्न चाहँदैनन् ।

 

चलचित्र क्रिश ३मा एक साथ स्क्रिन सेयर गरेर चर्चा पाएको यो जोडिको झगडाले पुनः बलिउड तताएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);