सार्वजनिक रूपमै माझीऔंला देखाउने यी सेलिब्रेटी | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८०, आइतबार

सार्वजनिक रूपमै माझीऔंला देखाउने यी सेलिब्रेटी

मुम्बई। बलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसले आफ्नो रिस सार्वजनिक रूपमै ‘माझीऔंला’ देखाएर प्रकट गरेका छन् । त्यसमा अभिनेत्री शोभित धुलिपालादेखि सोनम कपुरसम्म छन् ।सूचीको पहिलो नम्बरमा शोभित धुलिपाला छिन् । साउथ स्टार नागा चैतन्यसँग अफेयरको खबर सार्वजनिक भएपछि शोभिताको एक भिडियो भाइरल भएको थियो । जसमा उनी निकै रिसाएकी थिइन् । प्लेनमा यात्रारत अवस्थाको त्यो भिडियोमा उनले ‘माझीऔंला’ देखाएकी थिइन् ।बलिउड अभिनेत्री सोनम कपुर आफ्नो बोल्ड र बोलीका कारण लोकप्रिय छिन् । फिल्म ‘प्लेयर्स’मा सेन्सर बोर्डसँग सम्बन्धित पत्रकारको एक प्रश्नमा उनले बोर्डप्रति ‘माझीऔंला’को इसारा गरेकी थिइन् ।

अभिनेत्री काजोलले आफ्नो भदैनीसँगको एक पार्टीमा रमाइरहँदा उनले ‘माझीऔंला’ देखाएकी थिइन् । जुन भिडियो भाइरल भएको थियो । कतिपयले उनलाई ट्रोल पनि गरेका थिए ।अभिनेता रणवीर कपुरले फिल्ममा कैयौंपटक ‘माझीऔंला’ देखाएका छन् । तर वास्तविक जीवनमा पनि उनले यस्तो काम गरेका छन् । खासगरी ‘पापाराजी’बाट तनाव भएपछि उनले यो गतिविधि गरेका हुन् ।‘आश्रम ३’ अभिनेत्री इशा गुप्ताले पनि हालै एक भिडियोमा ‘माझी औंला’ देखाएकी थिइन् । जुन भिडियो सार्वजनिक पछि उनी निकै ट्रोल बनेकी थिइन् ।

 

Leave a Reply