नाति खेलाउने ऋषि कपुरको चाहना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नाति खेलाउने ऋषि कपुरको चाहना

ranbir

काठमाडौँ, १३ बैशाख । ऋषि कपुर यो वर्ष ‘१०२ नट आवट’बाट बलिउडमा देखा पर्दैछन् । ऋषिका लागि यो फिल्म सन् २०१८ मा रिलेज हुने पहिलो फिल्म हो ।

अभिताब बच्चनको समेत अभिनय रहेको उक्त फिल्मको प्रचारप्रसारका क्रममा भेट्रान नायक कपुरले आफ्ना छोरा रणवीरको बारेमा समेत बोले। छोरा रणवीरसँग आफ्नो सम्बन्ध केही फर्मल मात्र भएको बताए। ऋषिले आफ्नो बुवासँगको सम्बन्ध पनि त्यस्तै रहेको उल्लेख गरे।

फिल्म प्रचारप्रसारका क्रममा ऋषिले आफ्नो छोराको विवाह र सन्तान हेर्ने इच्छा भएको बताए। उनले हजुरबुवाको भुमिका लागि आफू तयार रहेको समेत बताएको टाइम्स अफ इण्डियाले लेखेको छ। रणवीर यतिबेला उनको बहुप्रतिक्षित फिल्म ‘सञ्जु’को तयारीमा व्यस्त छन्। फिल्ममा रणवीर सञ्जय दत्तको भूमिकामा देखा पर्दैछन्। फिल्मको टिजरमा रणवीरले सञ्जय दत्तका विभिन्न भूमिका निर्वाह गरेका छन्। फक्स स्टार हिन्दीले यूट्युबमा हालेको एक मिनेट २५ सेकेण्डको फिल्मको टिजर यूट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ। कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);