सुपुष्पा भट्टः पढिन् सिए, बनिन् हिरोइन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुपुष्पा भट्टः पढिन् सिए, बनिन् हिरोइन

suspuspa bhatta

काठमाडौं, ५ माघ । निर्माताहरु फिल्म बनाउन तयार हुँदै गर्दा हिरोमा जोखिम मोल्न चाहँदैनन् । नयाँ हिरो लिएर घरखेत जाने पीर लिनुभन्दा बजारमा चलेकै हिरो लिएर उनीहरु सुरक्षित हुन चाहन्छन् । यो कुरा हिरोइनको हकमा भने खासै लागू भएको पाइदैन । हिरोइनले फिल्म चलाउन सक्दैनन् भन्ने भ्रम अझै व्याप्त छ ।

साम्राज्ञी आरएल शाह अपवाद होलिन् तर तीतोसत्य के हो भने धेरै अभिनेत्रीले आफ्नै साख समेत जोगाउन सकेका छैनन् । यसकारण पनि अचेल हरेक नयाँ फिल्ममा दर्शकले चिनेका हिरोइनभन्दा नयाँ अनुहार लञ्च गर्ने होड चलेको छ । जसको एक ज्वलन्त उदाहरण फिल्म ‘रणवीर’ हो ।

माघ १८ मा रिलिज हुने यो फिल्ममा दुई नायिका छन् र दुवै फिल्म क्षेत्रका लागि नयाँ । सुबेक्षा खड्कासँगै सुपुष्पा भट्टले यस फिल्मबाट अभिनय यात्राको बाटो खनेका छन् । केही दिन अगाडि सुबेक्षाको बारेमा हामीले चर्चा गरिसकेका छौं । यो प्याकेजमा हामी सुपुष्पाको बारेमा तपाईलाई जानकारी गराउँदैछौं ।

चार्टड एकाउन्टेन्टकी विधाथी भए पनि उनलाई फिल्ममा अभिनय गर्ने सानैदेखिको रुची थियो, जुन ‘रणवीर’ बाट पूरा भयो । उनले फिल्ममा भित्रन गर्नु परेको संघर्षको एउटा छुट्टै कथा छ । उक्त फिल्म उनले कसैले भनेर पाएकी होइनन् । बकाइदा अडिसनबाट सेलेक्ट भएकी थिइन् ।

सुपुष्पा ‘रणवीर’ बाट दर्शकले आफूलाई अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा विश्वस्त छिन् । सानैदेखि फिल्ममा जम्ने रहर मनमा भएता पनि उनले यस क्षेत्रमा कसैलाई चिनेकी थिइनन् । तर, उनको फेसबुकमा अभिनेता प्रशान्त ताम्राकार साथी थिए र उनले आफ्नो चाहना प्रशान्तलाई सुनाइन् ।

प्रशान्तले ‘रणवीर’ का लागि अडिसन खुल्ला भएको जानकारी दिएपछि उनले इन्टरनेशनल क्लब सानेपा पुगेर फिल्मका लागि अडिसन दिएकी थिइन् । उनी सम्झिँदै भन्छिन्, ‘अडिसनमा एउटा डाइलग बोलेँ अनि सुशीलजीसँग एउटा सिन गरेँ । अडिसन दिएको साँझ नै सेलेक्ट भएको खबर पाएको थिएँ ।’

सिएको विधार्थी भए पनि उनलाई फिल्ममा परिवारबाट राम्रो सपोर्ट मिलेको छ । फिल्मको गीत र ट्रेलर सार्वजनिक भएपछि अहिले उनलाई म्युजिक भिडियो, एड तथा केही फिल्मको अफर आइसकेको छ । तर, ‘रणवीर’ को रिजल्ट कुर्दैछिन् उनी । डेब्यु फिल्म रिलिजपछि मात्र अर्को फिल्म गर्ने सोचमा उनी छिन् ।

यस फिल्ममा सुशील सिटौला शिर्ष भूमिका अर्थात् रणवीरको भूमिकामा छन् । प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, हरिहर शमालगायतको रहेको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । गोविन्द सिंह भण्डारी यसका निर्देशक हुन् । फिल्मीखबरबाट

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);