ऐश्वर्याले अभिषेक बच्चनको घर किन छाडिन् ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

ऐश्वर्याले अभिषेक बच्चनको घर किन छाडिन् !

एजेन्सी, ४ पुस । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय र उनका पति अभिनेता अभिषेक बच्चन आफ्नो व्यक्तिगत जीवनलाई लिएर लामो समयदेखि हेडलाइनमा छन्। श्रीमान–श्रीमतीबीच केही पनि राम्रो नभएको र छिट्टै सम्बन्धविच्छेद हुने बताइएको छ ।

सम्बन्धविच्छेदको हल्लाका बीच अहिले ऐश्वर्याले पति अभिषेक बच्चनको घर छोडेको खबर आइरहेको छ । जुमको एक रिपोर्टका अनुसार ऐश्वर्या आजकल आफ्नो माइती घरमा आमासँग बस्दैछिन् । ऐश्वर्या र अभिषेक बच्चनबीचको दूरी निकै बढेको दाबी गरिएको छ ।

दुवै छोरी आराध्याका कारण सँगै बस्दै आएका थिए । अन्यथा, दुई वर्ष पहिले नै बीचमा दरार सिर्जना भएको थियो । तर, दम्पतीको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक अभिव्यक्ति भने आएको छैन् । यी सबै बीचमा अमिताभ र ऐश्वर्याले एकअर्कालाई अनफलो गरेको खबर पनि बाहिर आएको छ ।

ऐश्वर्या र उनकी सासु जया बच्चनको सम्बन्ध पनि खासै राम्रो छैन । धेरै मिडिया रिपोर्टका अनुसार यी दुबैले एकअर्कासँग कुरा गर्न छाडेका थिए । योसँगै ऐश्वर्याको नन्द श्वेता बच्चनसँगको सम्बन्धमा झगडाको खबर पनि आइरहेको छ । कयौं पटक दुवैले एकअर्कालाई बेवास्ता गरेको देखिएका छन् ।

तर, बच्चन परिवारसँग सम्बन्धविच्छेद भएको खबरका बीच केही दिनअघि ऐश्वर्या सम्पूर्ण बच्चन परिवारसँग देखिएकी थिइन् । वास्तवमा, फिल्म ’द आर्चिज’ को स्क्रिनिङमा अमिताभ बच्चनसहित सम्पूर्ण बच्चन परिवार अगस्त्य नन्दलाई समर्थन गरेको देखिएको थियो । यस क्रममा ऐश्वर्याले बच्चन परिवारसँग खुसीको गु्र िफोटो पनि खिचाइन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);