शाहिद कपुरले किने महंगो मर्सिडिज कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

शाहिद कपुरले किने महंगो मर्सिडिज कार

काठमाडौं,४ पुस । बलिउड अभिनेता शाहिद कपूर आफ्नो अभिनयका साथै आफ्नो लग्जरी लाइफका कारण पनि चर्चामा छन् । उनले उद्योगमा २० वर्षभन्दा बढी समय बिताइसकेका छन् । वर्षौंदेखि अभिनेताले आफूलाई प्रमाणित गर्न निकै मिहिनेत गरेका छन्, जसका कारण आज उनीसँग विलासी घर र धेरै लक्जरी कारहरू छन्। यस सवारी साधनको सूचीमा आज अर्थात पुुस ४ गते अर्को नयाँ कार थपिएको छ । शाहिदले नयाँ मर्सिडिज कार किनेका छन् ।

शाहिद कपूर र उनकी श्रीमती मीरा राजपूतले आफ्नो घरमा नयाँ पाहुना ल्याएका छन् र यो उनीहरूको एकदमै नयाँ लक्जरी मर्सिडीज मेब्याच हो । यसको मूल्य करोड बढी पर्छ । अभिनेताले २०२२ मा मर्सिडिज मेब्याक एस ५८० किनेका थिए, जसको मूल्य करिब २ करोड ८ लाख रुपैयाँ थियो। अब अर्को मर्सिडिज थपिएको छ ।

शाहिद कपुर र मीरा राजपुतको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसलाई मर्सिडिज मेब्याचको आधिकारिक पेज ःबथदबअज क्ष्लमष्ब ले शेयर गरेको छ। फोटोमा शाहिद र मीरा हातमा गुडी लिएर कारसँग पोज दिइरहेका छन् ।
शाहिद भन्दा पहिले धेरै बलिउड स्टारहरुले मर्सिडिज कार किनेका थिए । यो सूचीमा अनिल कपुरको नाम पहिलो नम्बरमा आउँछ। अभिनेताले दीपावलीको अवसरमा मर्सिडीज–मेब्याच एस–क्लास खरिद गरेका थिए, जसको मूल्य २ करोड ६९ लाखदेखि ३ करोड ४० लाख रुपैयाँ रहेको थियो।

यसबाहेक तापसी पन्नुले यस वर्ष गणेश चतुर्थीको अवसरमा मर्सिडिज मेब्याक जीएलएस ६०० लक्जरी कार किनेका थिए । उनको कारको मूल्य ३ करोड रुपैयाँभन्दा बढी छ । दशहराको विशेष दिन श्रद्धा कपुरले रातो रंगको ल्याम्बोर्गिनी हुराकान टेक्निका कार किनिन्, जसको मूल्य ४ करोड रुपैयाँभन्दा बढी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);