‘झिँगेदाउ’मा चोपेन्द्रसँग रोमान्स गर्दै केकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘झिँगेदाउ’मा चोपेन्द्रसँग रोमान्स गर्दै केकी

keki-and-mukun

काठमाडौं, २५ असार । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ मा जीवन्त अभिनय पस्किएका चोपेन्द्र उर्फ मुकुन भुषालले दोस्रो फिल्म ‘झिँगेदाउ’ मा अभिनेत्री केकी अधिकारीसँग रोमान्स गर्ने भएका छन् । पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा अभिनेत्री केकी केही दिन अगाडि भित्रिएकी हुन् । मुकुन भने गएको महिना नै अनुबन्ध भएका थिए ।

साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ निर्माण हुन लागेको हो । भदौबाट फिल्मको छायांकन सुरु हुनेछ ।

कपन गढी सिनेमा प्रा।लिको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्देशक ज्ञानेन्द्र स्वयंले निर्माण गर्दैछन् । सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा छायांकन हुने फिल्मको टाइटल लोगो निर्माण टिमले यसअघि नै सार्वजनिक गरिसकेको छ । विष्णु कल्पितले खिच्ने फिल्ममा पासाङ टी शेर्पा कला निर्देशकको रुपमा रहेका छन् ।

फिल्मका गीतमा संगीत भर्ने जिम्मेवारी अर्जुन पोखरेलको काँधमा छ । पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);