'फेरि-फेरि' मार्फत फेरि जुर्यो अर्पण र ऋचाको जोडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, २१ कार्तिक । अभिनेत्री ऋचा शर्मा र अभिनेता अर्पण थापा पुन: एकसाथ सँगै देखिने भएका छन् । अभिनेता पुरन थापाले निर्देशन गर्ने ‘फेरि-फेरि’ चलचित्रमा यो जोडिले स्क्रिन शेयर गर्ने भएका हुन् ।

‘आधा लभ’, ‘चक्कर’, ‘सुनकेसरी’, ‘फिर्के’ लगायतका चलचित्र यो जोडिले एकसाथ काम गरिसकेका छन् । माता बसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने फिल्म फेरि फेरि कमेडी जनराको भएको बताईएको छ ।

रामेश्वर कार्कीको छायांकन रहने फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकाश चौधरीको संगीत रहने छ । फिल्ममा अर्पण र ऋचासँगै ओमप्रतिक गुरुङ, धमेन्द्र आचार्य र निर्देशक पुरनसमेत मुख्य भुमिकामा रहने छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);