विवाह गर्ने तयारीमा कपिल शर्मा तर प्रेमिकाले राखिन् यस्तो शर्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाण्डौँ, १९ कार्तिक । बलिउडका कमेडियन कपिल शर्मा यतिखेर फिल्म ‘फिरंगी’को प्रचारमा व्यस्त छन् । पटक-पटक चर्चामा आईरहने उनी पछिल्लो समय प्रेमिकाका कारण चर्चामा छन् ।

एक अंग्रेजी वेवसाइटले उल्लेख गरे अनुसार प्रेमिका गिन्नी चतरथसँग कपिल शर्मा विवाहको तयारीमा रहेका छन् । तर विहेका लागि गिन्नीले एक शर्त अघि सारेकी छिन् ।

गिन्नीका परिवारले उनलाई बिवाहको दवाव दिएका छन् भने गिन्नीले कपिलसँग आफुलाई विवाह गर्ने हो भने रक्सी छोड्नुपर्ने भन्दै शर्त राखेकी छिन् । गिन्नीको यस्तो शर्तमा कपिलको आमा समेत मन्जुर भएकी छिन् ।

गिन्नीको आग्रह स्विकार्दै कपिलले पनि रक्सी छोडेका छन् । त्यसो त चलचित्र फिरंगी प्रदर्शनपछि कपिलले विवाह गर्ने केहि मिडियाले उल्लेख गरेका छन् ।

केही समय अगाडि पनि रक्सी पिएकै कारण कपिलले आफ्नो साथी सुनिल ग्रोवरसँग झगडा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);