पार्टीको हितका लागि उम्मेदवारी फिर्ता लिएँः कोमल वली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, १९ कार्तिक। प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर ३ बाट बागी उम्मेदवारी दिएकी कोमल वलीले उम्मेदवारी फिर्ता लिएकी छन् । हालैमात्र उनी राप्रपाबाट एमाले प्रवेश गरेकी थिइन्।पार्टीका सबै नेतासँग छलफल गरेर उमेदवारी फिर्ता लिएको उनले बताएकी छन्।

पार्टीले उनलाई दाङ क्षेत्र नं ३ बाट टिकट दिने भनिएको थियो तर पछि कुरा नमिलेपछि बागी उम्मेदवारी दिएकी वलीले आफु र दाङवासीको हितका लागि उम्मेदवारी फिर्ता लिएको प्रष्टाएकी छन्।

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन भएकाले पार्टीका नेताहरु धमाधम निर्वाचनको प्रचारसँगै बागी उम्मेदवारहरुलाई फकाउने प्रयासमा छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);