१२ दिनसम्म आफैँलाई बन्दी बनाएर रक्सी पिएको बारे कपिलले गरे खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एजेन्सी, ९ कार्तिक । बलिउड कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीच फ्लाईटमा भएको झगडा निकै चर्चामा रह्यो । सोही झगडाको बारेमा पछिल्लो समय कपिल शर्माले खुलेर कुरा गरेका छन् । कपिल शर्मा मुख्य भुमिकामा रहेको फिल्म ‘फिरंगी’को ट्रेलर लञ्च कार्यक्रममा कपिलले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

सुनिलसँग भएको झगडामा आफ्नो गल्ती भएको बताउँदै जे जे भएपनि सुनिललाई आफूले निकै माया गर्ने कपिलले बताएका छन् । सामान्य झगडालाई मिडियामा निकै ठूलो बनाईएको आरोप पनि उनको छ ।

एनले भनेका छन् – ‘भएको भन्दा बढी नकारात्मक खबर मिडियामा आएपछि म डिप्रेशनको सिकार भएँ, मैले आफैँलाई निकै कष्ट दिएँ । डिप्रेशनको समयमा आफैँलाई कोठामा कैद गराएर लगातार १२ दिनसम्म रक्सी पिउने गर्थेँ ।’

२४ नोभेम्बर देखि रिजिल हुने फिरंगीमा कपिलको साथमा इशिता दत्ता रहेकी छिन् । फिल्मलाई राजीव ढींगराले निर्देशन गरेका हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);