कपिल शर्मा पुन: विवादमा कुर्सीका कारण सिद्धूसँग झगडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

३१ साउन, एजेन्सी । बलिउडका कमेडियन कपिल शर्मा पुन: अर्को विवादमा तानिएका छन् ।

केही समय पहिले सुनिल ग्रोवरमाथि गरेको दुर्व्यवहारका कारण आलोचित भएका कपिलको उक्त विवाद सेलाउन नपाउँदै अब अर्को विवादमा फसेका छन् ।

 

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ का अर्का सदस्य नवजोत सिंह सिद्धुसँग कुर्सीको कारण कपिलको झगडा परेको समाचार बाहिरिएको छ ।

 

ज्वरोका कारण शो को सुटिङमा सिद्धू उपस्थित हुन नसकेका बेला सिद्धूको कुर्सीमा कपिलले अर्चना पूरन सिंहलाई बस्ने अनुमति दिएका थिए । सोही कारण सिद्धू रिसाएका थिए । रिसाएका सिद्धूलाई कपिलले फोन मार्फत सम्झाउने कोशिस गरे तर सफल भएनन् ।

 

सुनिल ग्रोवरसँग झगडापछि कपिलको शो को टिआरपी निकै गिरेको थियो । केही समयपछिको रिकभरपछि सोनीले कपिलसँग थप कन्ट्रयाक गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);