बाढी पीडितलाई सहयोग: दीपकराजको १ लाख, दीपा-प्रियंकाको ५१/५१ हजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२९ साउन, काठमाण्डौँ । बाढी पहिरोले देश आक्रान्त बनिरहेको बेला सहयोगका हातहरु पनि जुट्न थालेका छन् ।

 

यसै क्रममा हास्य कलाकार एंव निर्माता दीपकराज गिरीले व्यक्तिगत रुपमा नगद एक लाख बाढी प्रभावितका लागि सहयोग गर्ने भएका छन् ।

 

दीपकले ‘एमआरआर’ ग्रुपको माध्यमबाट नगद १ लाख सहयोग गर्ने भएका हुन् । त्यस्तै पछिल्लो समय सफल र चर्चित निर्देशक समेत बनेकी कलाकार दीपाश्री निरौलाले पनि व्यक्तिगत ५१ हजार नगद सहयोग गरेकी छिन् । मोरङ समाज मार्फत बाढी प्रभावितको लागि दीपाश्रीले रकम हस्तान्तरण गरेकी हुन् ।‘ उनले भनिन्( तत्कालको लागि ‘यो सानो सहयोगको सुरुवात हो ।’ सबैबाट सानो-सानो सहयोग भयो भने ठुलो बन्नेछ ।’

 

सहयोगको हात अघि बढाउने क्रममा नायिका प्रियंका कार्की पनि थपिएकी छिन् । उनले पनि नगद ५१ हजार सहयोग गर्ने घोषणा गरेकी छिन् ।

 

यसैबीच चलचित्र कलाकार संघ, नेपालले पनि बाढी पीडितहरुका लागि ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ । अध्यक्ष रामकेशर बोगटीका अनुसार ‘प्रधानमन्त्री दैविक प्रकोप कोष’मा ६५ हजार नगद सहयोग गर्ने निर्णय गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);