म्यान्मारका सैन्य प्रमुख मिन आङ हलिङद्वारा आफैँलाई प्रधानमन्त्री घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

म्यान्मारका सैन्य प्रमुख मिन आङ हलिङद्वारा आफैँलाई प्रधानमन्त्री घोषणा

एजेन्सी । म्यान्मारका सैन्य प्रमुख मिन आङ हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गरेको छ । एक टेलिभिजन च्यानलमार्फत् हलिङले आफैँलाई प्रधानमन्त्री घोषणा गर्दै संकटकाल २ वर्ष लम्ब्याएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

हलिङले सन् २०२३ को अगस्ट सम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्वाचन गर्ने बताउनु भएको छ । यो घाषणासँगै सैनिक नेतृत्वले ६ महिनाअघि आङ सान सुकीलाई पदबाट हटाउँदा सार्वजनिक गरेको निर्वाचनको प्रारम्भिक समयसीमा थपिएको छ ।

त्यो बेला ६ महिनाभित्र निर्वाचन गर्ने सैन्य सरकाले बताएको थियो । अगस्त २०२३ सम्ममा आकस्मिक अवस्थाका प्रावधानहरू पूरा गर्ने उल्लेख गर्दै हालिङले निष्पक्ष निर्वाचन गरी निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);