अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीको रकेट हमला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीको रकेट हमला

एजेन्सी । अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीले रकेट हमला गरेको छ ।

बिमानस्थल लक्षित गरी गरिएको रकेट हमलासँगै सम्पूर्ण हवाई उडानहरु रद्द गरिएका छन् । तालीवानी बिद्रोहीले गरेको तीनवटा रकेट प्रहार कान्दाहारको बिमानस्थलको रनवेमा खसेको बुझिएको छ ।

हवाई उडान रद्द भएपछी सयौं यात्रु अलपत्र परेका छन् अफगानिस्तानको तीन मुख्य शहरहरु हेरात, लश्कर गाह र कान्दहार कब्जा गर्ने क्रममा ती शहरहरुमा प्रवेश गरेका तालीवानी बिद्रोही र अफगानी सेनाबीच संघर्ष जारी रहेकै बेला बिमानस्थलमा रकेट हमला गरिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सो बिमानस्थल कब्जा गर्ने उद्देश्यका साथ रकेट आक्रमण हुन थालेपछी अफगान सरकार थप मारमा परेको छ । अफगानिस्तानको मुख्य शहरका रुपमा परिचित कान्दाहारलाई तालीवानी बिद्रोहीले बिगत तीन सातादेखि निशानामा पार्दै आएको छ ।

अफगाानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछी तालीवानी गतिबिधी तीब्र हुन थालेको हो । पछिल्लो समय भएको तालीवानी हमलाका कारण सयौं सर्वसाधारण पलायन हुन थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);