राजधानीमा नेवा चलचित्र महोत्सव सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १० कार्तिक । राजधानी काठमाडौंमा दुई दिने नेवाः चलचित्र महोत्सव शुरु भएको छ ।

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा शुक्रबार शुरु भएको चलचित्र महोत्सवमा साना ठुला गरी नेपाल भाषाका ८ वटा चलचित्र प्रदर्शन गरिने छ । जापानको फ्यूचर अफ एशिया पुरस्कारबाट सम्मानित नेपालभाषाको चलचित्र पःखाः को प्रदर्शनबाट शुरु भएको महोत्सवमा आज ४ र भोलि ४ वटा चलचित्र प्रदर्शन गरिनेछ ।

नेपाल भाषामा निर्मित चलचित्रको बजार विस्तार तथा प्रचार प्रशार गर्ने उद्देश्य साथ नेवाः फिल्म सोसाईटीले चलचित्र महोत्सवको आयोजना गरेको हो ।

 

नेवाः फिल्म सोसाईटीलेले यसअघि सुनसरीको धरानमा पहिलो नेवाः चलचित्र महोत्सव आयोजना गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);