काठमाडाैंमा किम्फ फिल्म प्रदर्शन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडाैंमा किम्फ फिल्म प्रदर्शन सुरु

काठमाडौं, २५ मंसिर । आज देखि काठमाडाैंमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘किम्फ’ सुरु भएको छ । राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा सहभागी डकुमेन्ट्री फिल्महरुको प्रदर्शन र समिक्षा हुनेछ ।

मंसीर २९ गतेसम्म सञ्चालन हुने किम्फले यस पटक सीमान्त आवाजलाई केन्द्रीय विषय बनाएको छ । किम्फद्वारा ‘परिवर्तित नेपाल’ शीर्षकमा तीन मिनेटको ‘सर्ट फिल्म प्रतियोगिता’ आयोजना गरेको छ । यसमा छानिएका १० उत्कृष्ट चलचित्रहरुको प्रदर्शन गरिनेछ । महोत्सवमा तीनवटा स्वीस फिल्महरूको विशेष प्रदर्शन पनि हुने भएकोछ ।

फिल्म फेस्टिवलको उद्घाटन सत्रमा बोल्दै हिमाल एशोसियसनका बसन्त थापाले २९ देशका ६६ चलचित्र प्रदर्शन हुने जानकारी दिनु भयो । फेस्टिवलमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शन पनि गरिनेछ ।

किम्फको १७औँ संस्करणका लागि ६९ देशका ४२७ वटा फिल्मले आवेदन दिएका थिए । प्रदर्शन गरिने चलचित्रहरुमा १७ वटा चलचित्र प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ चलचित्र गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन् ।

नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरू प्रदर्शन गरिने छन् । यसपालि नेपाली पानारोमा विधामा डोन्डुप छिरिङको ‘आमा खान्डो’, गणेश पाण्डेयको ‘हसबेन्ड’, निपिल शर्माको ‘अतिसर्ग’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’लगायतका चलचित्र रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);