गैंडा बचाउ अभियानमा ‘खाग’ को ट्रेलर सार्वजनिक (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

गैंडा बचाउ अभियानमा ‘खाग’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

khaag

काठमाडौं, ७ फागुन । मौलिक कथामा फिल्म निर्माण गर्न माहिर मानिने निर्देशक मनोज पण्डित निर्देशित फिल्म ‘खाग’ को ट्रेलर सार्वजनिक भएको छ ।

सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा गैंडा संरक्षणका लागि भएको प्रयासको कथा भनिएको छ ।

कमलजंग कुँवर लिखित गैंडालाई चार वर्षु पुस्तकमाथि निर्माण भएको फिल्ममा प्रविण खतिवडा प्रमुख भूमिकामा छन् । उनी फिल्ममा लेखक कुँवरको भूमिकामा छन् । निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि यसमा अभिनय छ ।

फागुन २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले एउटा व्यक्तिको संघर्षको कथा भन्ने निर्देशक पण्डितले बताए । यस फिल्ममा स्टार कलाकार छैनन्, तर कन्टेन्टमाथि विश्वस्त रहेको टीममा सामान्य कथा छ र त्यसलाई सरल ढंगबाट पस्केको छ ।

ट्रेलर रिलिज कार्यक्रममा फिल्मसँग सहकार्य गरेको इ-सेवाले रिभ्यू कन्टेस्टु पनि घोषणा गरेको छ । प्रदर्शनको दिन फागुन २४ गतेदेखि २७ गतेसम्म फिल्मको रिभ्यू लेखेर पठाउने मध्येबाट प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २५ सय प्रदान गरिने छ ।

दीपक बज्रचार्यको छायांकन रहेको फिल्मलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । फिल्मलाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् । ‘खाग’ को ट्रेलर रिलिज कार्यक्रममा फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो । निर्देशक पण्डितले फिल्मले पुस्तकलाई न्याय गरेको दाबी गरे ।

अघिल्लो समाचार

पछिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);