‘परदेशी २’ मा दीलिप | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

‘परदेशी २’ मा दीलिप

prakash and dilip

काठमाडौं, ३ चैत । फिल्म ‘परदेशी २’ मा नृत्य र अभिनयमा निपूर्ण मानिने अभिनेता दीलिप रायमाझीको प्रवेश भएको छ । फिल्ममा उनी भित्रिएको जानकारी गायकबाट अभिनेता बन्न लागेका प्रकाश सपुतले फेसबुकमार्फत गराएका हुन् । उनले दीलिप रायमाझीलाई आफ्नो आइडल हिरो भन्दै सँगै काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

दीलिपसँग खिचेका तस्विरहरु फेसबुकमा सेयर गर्दै सपुतले लेखेका छन्, ‘बोल माया’ र ‘गलबन्दी’ गीतको यो सिन र डाइलगमा मेरो आफ्नै फिलिङस मिसाएको थिएँ । म वास्तवमै नायक दीलिप रायमाझीको ठूलो फ्यान र उहाँ जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउँले ठिटो । आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय (आइडल) हिरोसँग स्क्रिन सेयर पनि गर्दैछु । आज शुटिङ भईरहदा पनि घरी घरी यस्तो लागिराछ कि यो सबै रियल मै त भैराछ नी ?? कि म गहिरो निद्रामा छु र मिठो सपना देखिराछु ? हँ ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);