ओस्कार जित्ने पहिलो गैरअंग्रेजी चलचित्र बन्यो 'प्यारासाइट' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओस्कार जित्ने पहिलो गैरअंग्रेजी चलचित्र बन्यो ‘प्यारासाइट’

parasite wins oscar

एजेन्सी, २७ माघ । दक्षिण कोरियाली चलचित्र प्यारासाइट ओस्कार अवार्ड जित्ने पहिलो गैरअंग्रेजी भाषी चलचित्र भएको छ । प्यारासाइटले विश्व चलचित्रको सबैभन्दा प्रतिष्ठीत ओस्कारमा उत्कृष्ट चलचित्रसंगै चार विधामा अवार्ड जितेको हो ।

सोमबार सम्पन्न ओस्कार अवार्ड वितरणमा प्यारासाइटका वोङ जुन हु उत्कृष्ट निर्देशक घोषित भएका छन । यहि चलचित्रले उत्कृष्ट पटकथा र उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड पनि जितेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ओस्कारका लागि प्रबल दावेदार मानिएको साम मेन्डिसको ‘१९१७’ लाई ’प्यारासाइट’ ले पछि पारेको हो । ओस्करअघि वितरण गरिएका बाफ्टा र गोल्डन ग्लोब लगायतका अवार्ड ‘१९१७’ले जितेको थियो ।

उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘जोकर’का वाकीन फिनिक्सले हात पारेका छन् । यसैगरी चलचित्र ‘जुडी’बाट रेन्नी जेल्वेगर उत्कृष्ट अभिनेत्री भएकी छन् । त्यस्तै, उत्कृष्ट सह–अभिनेता ‘वन्स अपन अ टाइम इन हलिवुड’बाट ब्राट पीट र सह–अभिनेत्री ‘म्यारिज स्टोरी’ बाट लौरा डर्नले जितेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);