जात्रा सर्वोत्कृष्ट नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जात्रा सर्वोत्कृष्ट नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

jatra movie

काठमाडौं, १७ चैत । नेपाल चलचित्र कलाकार संघद्वारा आयोजित दोस्रो ‘फान अवार्ड २०७३’ मा ‘जात्रा’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । निर्देशक प्रदीप भट्टराईले अवार्ड थापे । भट्टराईले ‘जात्रा’बाटै उत्कृष्ट कथाको अवार्ड पनि जिते । अभिनयतर्फ उत्कृष्ट अभिनेताको अवार्ड ‘जात्रा’बाटै विपिन कार्कीले जितेका छन् भने ‘डाइङ क्यान्डल’बाट सिर्जना सुब्बाले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् । उत्कृष्ट निर्देशकको अवार्ड भने

‘गाजलु’ फिल्मबाट हेमराज बीसीले पाए । यस्तै, उत्कृष्ट सम्पादनतर्फ ‘जात्रा’बाटै मित्र डी गुरुङले अवार्ड जित्दा नवनिर्देशकको अवार्ड दीपाश्री निरौलाले ‘छक्कापञ्जा’बाट जितिन् । छायांकनमा ‘डाइङ क्यान्डल’बाट रविन आचार्यले अवार्ड जिते । यस्तै, द्वन्द्व निर्देशनमा ‘जय परशुराम’बाट एनबी महर्जनले अवार्ड पाए । उत्कृष्ट गायकमा ‘जैले रिसाउनी’ बोलको गीतबाट ‘पुरानो डुंगा’ फिल्मका लागि कालिप्रसाद बाँस्कोटाले अवार्ड जितेका छन् ।

संगीतकारमा ‘छक्कापञ्जा’बाट राजनराज शिवाकोटी उत्कृष्ट घोषित हुँदा गायिकामा ‘ठमेल बजार’ बाट मीना निरौला उत्कृष्ट ठहरिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न २४ विधामा अवार्ड वितरण गरिएको कार्यक्रम संयोजक एवं संस्थाकी महासचिव सरिता लामिछानेले जानकारी दिइन ।

कार्यक्रममा नीर शाहलाई १ लाख रुपैयाँसहित लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । प्रदीप खड्कालाई लोकप्रिय नायक र साम्राज्ञीराज्य लक्ष्मी शाहलाई लोकप्रिय नायिकाको सम्मान दिइएको थियो । सोही कार्यक्रममा पत्रकार ध्रुव लम्साल र लक्ष्मण सुवेदीलाई चलचित्र पत्रकारिता विशेष सम्मान प्रदान गरिएको थियो ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);