‘जय श्री दाम’को ट्रेलर सार्वजनिक (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

‘जय श्री दाम’को ट्रेलर सार्वजनिक (भिडियो)

jay shree dam

काठमाडौं, २३ मंसिर । चलचित्र ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार युट्युबमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू अमृत ढुङ्गाना, विनोद न्यौपाने , राजन खतिवडा, जेविका कार्की, प्रमोद अग्रहरी फिचर्ड छन् । ट्रेलरमा पैसाका लागी दुई युवाले ब्ल्याकमेल गरेको देखाइएको छ भने यता अमृत र जेविकाको जोडीलाई रमाइलो ढङ्गमा प्रस्तुत गरिएको छ ।

पुस २० गते रिलिज हुने चलचित्रलाई ‘मङ्की टेम्पल प्रोडक्सन’, ‘क्रेजी ह्याण्डस् प्रोडक्सन’ र ‘नेशनल मिडिया प्रोडक्सन’को संयुत्तरुपमा निर्माण गरेका हुन् । चलचित्रलाई विप्लोप उप्रेतीले निर्देशन गरेका हुन् । चलचित्रमा कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह( निर्मातामा मित्र डी गुरुङ र रविन आचार्य छन्।

निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’मा नवराज उप्रेतीको छायाङ्कन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);