रहेनन् भारतीय अभिनेता ऋषि कपूर | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

रहेनन् भारतीय अभिनेता ऋषि कपूर

rishi kapoor

एजेन्सी, १८ वैशाख । भारतीय दिग्गज अभिनेता ऋषि कपूरको क्यान्सरका कारण मृत्यु भएको छ । अभिनेता ऋषि कपूरको स्वास्थ्य अवस्था गम्भिर भएपछि बुधबार मात्रै मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गराईएको थियो ।

६७ वर्षीय ऋषि कपूरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपूरले जानकारी दिएका थिए । रणधीरले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार ऋषि कपूरलाइ क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । ऋषि कपूरको मृत्यु भएको जानकारी महानायब अमिताभ बच्चनले ट्वीट गरी पुष्टि गरेका छन् ।

अमेरिकामा करिव एक वर्ष क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । सामाजिक संजालमा निकै सक्रिय हुने ऋषि कपूरले अप्रिल महिनायता ट्वीटमा केहि पनि पोष्ट गरेका छैनन् । आफ्नो एक पोष्टमा उनले दीपिका पादुकोणसँग फिल्म खेल्ने उल्लेख गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);