हृदयघात भएपछि अस्पताल भर्ना भएका राजु श्रीवास्तवको स्वास्थ्यमा अझै सुधार आएन‍ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हृदयघात भएपछि अस्पताल भर्ना भएका राजु श्रीवास्तवको स्वास्थ्यमा अझै सुधार आएन‍

काठमाडौं। हृदयघातका कारण अस्पतालमा भर्ना भएका भारतीय कमेडियन राजु श्रीवास्तवको अवस्था नाजुक बनेको छ। बुधबार जिम गरिरहँदा हृदयघात भएपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

राजुका साथी डा. अनील मुरारकाका अनुसार राजुलाई अहिले भेन्टिलेटरमा राखिएको छ। ‘उसको स्वास्थ्यमा सुधार देखिएको छैन । उसको दिमागले काम गरिरहेको छैन । त्यहीकारण उसलाई भेन्टिलेटरमा राखिएको छ ’, उनले भनेका छन् । उपचारमा संलग्न चिकित्सकले राजुको मुटुमा दुई स्टेण्ड राखेका छन् । तर, अहिलेसम्म उपचारलाई सकारात्मक प्रतिक्रिया दिन सकेका छैनन् । राजुको स्वास्थ्य बेलुकासम्ममा केही सुधार हुनेमा परिवार र चिकित्सक आशावादी छन् । बुधबार जिम गरिरहँदा उनको छाती दुखाई तीव्र भएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

राजुले स्टेण्ड अप कमेडीसँगै कैयौं फिल्ममा काम गरेका छन् । उनी हालैमात्र टेलिभिजनमा ‘इण्डिया लाफ्टर च्याम्पियन’मा देखिएका थिए । राजुले ‘मैने प्‍यार किया’, ‘तेजाब’ र ‘बाजीगर’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);