फ्यानका कारण राजु श्रीवास्तव असुरक्षित ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फ्यानका कारण राजु श्रीवास्तव असुरक्षित !

मुम्बई। भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तव हालका दिनमा नयाँदिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा जीवन र मृत्युको युद्ध लडिरहेका छन् । सारा भारत उनको स्वास्थ्य लाभको प्रार्थना गरिरहेको छ । डाक्टरहरूले आफ्नोतर्फबाट उनलाई बचाउन भरमग्दुर प्रयास गरिरहेका छन् । उनको उपचारका लागि कोलकाताबाट राम्रा न्युरोलोजिस्ट पनि बोलाइएको छ । यति हुँदाहुँदै पनि राजु फ्यानका कारण असुरक्षित बनेका छन् । एक अपरिचित व्यक्ति राजुलाई राखिएको आइसियू कक्षभित्र पसेर उनीसँग सेल्फी लिन खोजेका छन् । त्यसपछि उनलाई अस्पतालका कर्मचारीले सोधपुछ गरेका थिए । राजुका परिवारले घटनाप्रति चासो राख्दै सुरक्षा बढाउन अस्पताल प्रशासनसँग माग गरेपछि आइसियू कक्षबाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ । जोकोहीलाई पनि विना अनुमति भित्र पस्न निषेध गरिएको छ।

गत १० अगस्टमा जिममा व्यायाम गरिरहँदा राजुलाई हृदयाघात भएको थियो । त्यसपछि उनलाई नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई भेन्टिलेटरको सपोर्टमा राखिएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);