राप्रपा अध्यक्ष थापा आइसियू भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राप्रपा अध्यक्ष थापा आइसियू भर्ना

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन् ।

कोरोना संक्रमित थापालाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो । टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आइसियूमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

हाल ज्वरो नियन्त्रणमा रहेको र श्वासप्रश्वासमा पनि समस्या नरहेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);