कोरोना अस्पताल बेलझुण्डीमा दाङका थप एक पुरुषको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

कोरोना अस्पताल बेलझुण्डीमा दाङका थप एक पुरुषको मृत्यु

दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका २ का ३२ वर्षीय रहेको अस्पतालले जनाएको छ ।

उनको शुक्रबार मध्यान्न साढे १२ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । उनी यहि बैसाख २० गतेदेखि अस्पतालको एचडियुमा भर्ना भएका थिए । उनलाई कोरोना संक्रमणसंगै निमोनियाको पनि भएको अस्पतालले जनाएको छ ।

त्यस्तै विहान ११ : ५० बजे प्युठानकी एक कोरोना संक्रमित महिलाको पनि अस्पतालमा मृत्यु थियो । ति महिला यहि बैशाख १० गतेदेखि अस्पतालमा आइसियूमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमणसंगै निमोनिया पनि भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);