दाङका २ जना कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङका २ जना कोरोना संक्रमितको मृत्यु

Dead body

दाङ । दाङको कोरोना विशेष अस्पतालमा बुधवार घोराहीका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दिउँसो करिब ४:१५ बजे घोराही उपमहानगरपालिका १८ की ४५ बर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी यहि बैशाख १५ गते अस्पतालमा आइसियूमा भर्ना भएकी थिइन् ।

उनलाई निमोनियासंगै कोरोना संक्रमण पुष्टि भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । त्यस्तै बुधवार विहान ९ : १५ बजे घोराही उपमहानगरपालिका १५ निवासी ६५ बर्षीय पुरुष मृत्यु भएको जानकारी बताए । ति पुरुष बैशाख १७ गतेदेखि अस्पतालमा एचडीयूमा भर्ना भएका थिए ।

उनलाई निमोनिया संगै कोरोना पुष्टि भएको ब्यवस्थापक वलीले जानकारी दिए । त्यस्तै कोराना अस्पतालमा योसंगै कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ६ जना महिला र १३ जना पुरुष गरी १९ पुगेको अस्पतालले जनाएको छ ।

त्यस्तै, बुधवार जिल्लामा ४५० जना नयाँ संक्रमित थपिएका छन्, भने १९ जना डिस्चार्ज भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार अहिले जिल्लामा २२९४ जना संक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);