कोरोना अस्पतालमा थप २ जना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

कोरोना अस्पतालमा थप २ जना संक्रमितको मृत्यु

दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ७ का ४१ वर्षीय पुरुष र बबई गाउँपालिका ४ की २७ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

आइतबार पुरुषको मध्यान्न १२ : ३० बजे मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनी अस्पतालमा शनिवार एचडीयूमा भर्ना भएका थिए । उनलाई निमोनिया, श्वासप्रश्वास समस्या संगै र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, बबईकी महिलाको राती १२:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी शनिवार मात्र अस्पतालमा एचडीयूमा भर्ना भएकी थिइन्। उनलाई निमोनियासंगै स्वासप्रस्वास सम्बन्धि समस्या र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);