मुटुमा समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ गंगाल अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मुटुमा समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ गंगाल अस्पताल भर्ना

काठमाडौँ। कलाकार मदनकृष्ण श्रेष्ठलाई स्वास्थ्यमा खरावी देखिएकाले पुन अस्पताल भर्ना गरिएको छ । अचानक मुटुमा समस्या आएपछि उनलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई शुक्रबार राति देखि छाती दुखेका उनको परिवारीक स्रोतले जनाएको हो । साथै, उनको स्वास्थ्यमा रक्तचाप तलमाथि भएपछि उनलाई शनिबार बिहानै अस्पताल लगिएको थियो। आइतबार उनको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अहिले उनको स्वास्थ्यमा थप सुधार भइरहेको परिवारले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);