दोहोरो कुराकानी गर्न थाले शताब्दी पुरुष जोशी : अस्पताल  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दोहोरो कुराकानी गर्न थाले शताब्दी पुरुष जोशी : अस्पताल 

satyaman-joshi

काठमाडौं । शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ । खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको छ । यद्यपि, उनले सामान्य दाेहोरो कुराकानी गर्न थालेको अस्पतालको भनाइ छ । उनलाई अहिले अस्पतालको डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्षसरहकै निगरानीमा उपचार गरिरहेको पनि अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);