जब इन्डियन आइडल विजेता ऋषि सिंहले आफूलाई ‘गोद’ लिएको थाहा पाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जब इन्डियन आइडल विजेता ऋषि सिंहले आफूलाई ‘गोद’ लिएको थाहा पाए

नयाँ दिल्ली, २२ चैत्र । अयोध्याका गायक ऋषि सिंहले १३औं इन्डियन आइडलको ट्रफी जितेका छन् । कुनै समय मन्दिर र गुरुद्वारामा भजन–कीर्तन गर्ने ऋषि सिंहले आफ्नो जितले परिवारसहित सबैको टाउको गर्वले उचालेका थिए ।

इन्डियन आइडल–१३ को उपाधि जितेपछि सिंहले आफ्नो जीवनसँग जोडिएका धेरै रहस्य खोलेका थिए । भर्खरै ऋषि सिंहले पनि आफूलाई गोद लिएको थाहा पाएपछि उनको प्रतिक्रिया कस्तो थियो र सत्य थाहा पाएपछि आफूलाई कसरी सम्हालेको बताए ।

इन्डियन आइडलका बिजेता ऋषि सिंहले मिडियासँगको कुराकानीमा आफ्नो भावी योजनाबारे जानकारी दिए । यसका साथै उनले आफूलाई आमाबुवाले गोद लिएको कुरा पनि शोमा नै थाहा पाएको बताए । विजेता ऋषि सिंहले भने, ’पक्कै पनि यो मेरो लागि ठूलो खबर थियो र यो थाहा पाउँदा म स्तब्ध भएँ। मलाई लाग्छ, मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यलाई स्वीकार गर्नु थियो, किनभने यो एक मात्र तरिका हो जुन म मेरा आमाबाबुसँग राम्रो जीवन बिताउन सक्छु। मलाई लाग्छ कि सबैले हामीले एकअर्कासँग साझा गर्ने प्रकारको बन्धन देखेका छन्। उसले म र हाम्रो कथालाई जोड्न सक्छ ।’

ऋषि सिंहले आफ्नो कुरालाई अगाडी बढाउँदै भने, ‘मलाई लाग्छ, अरु जुन परिवार छन्, जसको कथा हामीसँग मिल्दोजुल्दो छ, उनीहरुले सत्य स्वीकार गर्ने साहस पाउनेछन् । ऋषि सिंहले एक मिडिया च्यानललाई दिएको अन्तर्वार्तामा आफूले हनुमानगढ़ीमा आफ्नो विजयको लागि प्रार्थना गरेको कुरा भगवानले सत्य बनाउनुभएको र उनी छिट्टै अयोध्या, कनक भवन, रामजन्मभूमिको भ्रमण गर्न जाँदै गरेको बताए । त्यसपछि उनले ग्रान्ड फिनालेको तयारीका कारण भेट्न नसकेका आफन्तलाई भेट्ने छन् ।

इन्डियन आइडलको सिजन १३ जितेपछि ऋषिलाई धेरै ठूला प्रोजेक्टको अफर आइरहेको छ । यो जितपछि उनी अब छिट्टै विश्व भ्रमणमा जान लागेका छन् । इन्डियन आइडलको यस सिजनको ट्रफी जहाँ ऋषि सिंहले जितेका थिए, देबोस्मिता राई फस्ट रनरअप र चिराग कोतवाल सेकेन्ड रनरअप भए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);