हनी सिंहको ‘हनी ३.०’ सार्वजनिक,खुलाए संगीतबाट ब्रेक लिएको कारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हनी सिंहको ‘हनी ३.०’ सार्वजनिक,खुलाए संगीतबाट ब्रेक लिएको कारण

एजेन्सी । ¥यापर तथा गायक यो यो हनी सिंहको नयाँ एल्बम हनी ३.० सार्वजनिक भएको छ । २०१६ पछि, हनी फेरि एक पटक कमब्याक गरे। भर्खरै एक मिडिया अन्तर्वार्तामा हनी सिंहले आफ्नो रोगको बारेमा खुलासा गरे र आफ्नो मानसिक स्वास्थ्य संघर्षको बारेमा खोलेका थिए। हनीले कसरी आफ्नो रोगले उनलाई निद्रा नलागेको र उनी रक्सीको लत बनेको बताए ।

ब्रुट इन्डियासँगको कुराकानीमा हनीले आफूलाई चिन्ता र डिप्रेसनजस्ता समस्या कहिल्यै नपरेको बताए । रोग पहिचान गर्नै दुई वर्ष लागेको र त्यसपछि उपचारका लागि सही डाक्टर खोज्न तीन वर्ष लागेको उनले सुनाए । संगीतबाट यति लामो ब्रेकको कारण उनको रोग थियो।

मानसिक स्वास्थ्यको बारेमा कुरा गर्दै हनीले भने,‘मानसिक स्वास्थ्य यस्तो रोग हो जसमा धेरै भिन्नताहरू छन्। यसमा धेरै रंगहरू छन्, चिन्ता र डिप्रेसन जस्ता चीजहरू यसको अगाडि केही छैनन्। मलाई मानसिक स्वास्थ्यको कोभिड १९ थियो। यसलाई बाइपोलर डिसअर्डरको साइकोटिक लक्षण भनिन्छ, जुन निकै खतरनाक कुरा हो। यो कसैलाई नहोस्, मेरो शत्रुलाई पनि नहोस्। म दिनरात मृत्युको प्रार्थना गर्थें।’ सन् २०२२ मा हनी सिंहले दिल्लीमा भएको एक कार्यक्रममा मोडल तथा अभिनेत्री टीना थडानीलाई आफ्नी प्रेमिकाको रुपमा परिचय गराए । जहाँ २०२२ मा टीनाले हनी सिंहको पेरिस ट्रिप म्युजिक भिडियोमा काम गरिन् ।

मिडियालाई दिएको एक अन्तर्वार्तामा हनीले मार्चमा टीनासँग भेट भएको बताएका थिए । हनीले टिनालाई आफ्नो जीवनमा पाउन महिनौंसम्म टिनालाई पछ्याउनुपर्ने पनि खुलासा गरे । हनीले टिनालाई देखेपछि टिना आफ्नो लागि बनेको महसुस भएको बताए ।
हनी सिंहको पहिलो विवाह सन् २०११ मा शालिनी तलवारसँग भएको थियो । सन् २०१४ मा हनी सिंहले रियालिटी शो इन्डियाज रकस्टारको एक एपिसोडमा आफ्नी श्रीमतीलाई सार्वजनिक गरेका थिए। त्यतिबेला बलिउडका मेगा प्रोजेक्टमा काम गर्नुअघि नै उनीहरुले विवाह गरेको देखेर धेरैलाई आश्चर्य लागेको थियो । त्यसपछि सन् २०२१ मा हनीले शालिनीसँग सम्बन्धविच्छेदको घोषणा गरे । यस क्रममा शालिनीले हनी र उनको परिवारमाथि धेरै गम्भीर आरोप लगाएकी थिइन् । शालिनीले हनी सिंहको धेरै महिलासँग सम्बन्ध रहेको बताइन् । हनी सिंहले पनि आफ्नो स्पष्टीकरण दिए। यो झगडापछि हनी सिंह र शालिनी तलवार अलग भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);