डेङ्गु नियन्त्रणका लागि रत्ननगरको प्रशिक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डेङ्गु नियन्त्रणका लागि रत्ननगरको प्रशिक्षण

चितवन। चितवनको रत्ननगरमा डेङ्गु नियन्त्रणको लागि सरोकारवालाहरुलाइ प्रशिक्षण दिइएको छ। जनप्रतिनिधि, नगरभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु तथा पत्रकारहरुलाई डेङ्गु रोग र यसको रोकथामका उपायका बारेमा प्रशिक्षण दिइएको हो । रत्ननगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा रोगको नियन्त्रण र सचेतनाका लागि सरोकारवाला निकायहरुलाई डेङ्गु रोग र यसबाट जोगिने उपायहरुको बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा उपमेयर यादबप्रसाद पाठकले चितवनपनि डेङ्गु रोगको जोखिममा रहेको जिल्ला भएकोले नियन्त्रणका लागि गम्भिर भएर लाग्न नगरवासी तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । उनले लामखुट्टे बस्न सक्ने स्थानहरु पहिचान गरि नियन्त्रणका उपाय अवलम्बन गर्न निर्देशन दिएका छ्न। कार्यक्रममा सहभागिहरुले कोरोनापछि डेङ्गु रोगले महामारीको रुप लिन सक्ने स्थिती देखिएको भन्दै चिन्ता व्यक्त गरेका छ्न।

प्रशिक्षण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले महामारी फैलिनु भन्दा अघिनै सचेत हुदै यो रोग नियन्त्रणका प्रयासहरु अवलम्बन गरिनुपर्ने बताए ।
त्यद्तै जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख दुर्गादत्त चापागाईले चितवनमा डेङ्गुको अबस्था र नियन्त्रणको लागि गरिएका प्रयासहरुको बारेमा जानकारी दिएका थिए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);