लुकाएर राखिएको आठ लाख भारतीय रुपैयाँ फेला | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

लुकाएर राखिएको आठ लाख भारतीय रुपैयाँ फेला

कैलाली। धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको रकम भेटिएको फेला परेको छ । सोही वडाको एफगाउँस्थित फूलबारी क्षेत्रका ३२ वर्षीय हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । विकले उक्त रकम भारतबाट चोरी गरी ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनले घरको गहुँ राख्ने भकारीभित्र बाल्टिनमा आठ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

फरार रहेका विकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply