हनी सिंह र टीना थडानीको ब्रेकअप, हनीले बदले एल्बमको थिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

हनी सिंह र टीना थडानीको ब्रेकअप, हनीले बदले एल्बमको थिम

एजेन्सी, ७ वैशाख । भारतीय गायक तथा र्यापर हनी सिंह र मोडल टीना थडानीको ब्रेकअप भएको छ । हनी सिंह र टीना पछिल्लो एक वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए। ब्रेकअपपछि दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेका छन् र सँगै खिचिएका तस्विरहरू पनि डिलिट गरेका छन् ।

सम्बन्धका क्रममा हनी सिंहले टिनाको तस्बिरमा कमेन्ट गर्दै लेखेका छन्,‘एलिजाबेथको मुकुट तिम्रो लागि खाली भएको छ ।’ मिडिया रिपोर्टका अनुसार, दुवै आफ्नो जीवनमा धेरै फरक चीजहरू चाहन्थे, त्यसैले उनीहरूले अलग हुने निर्णय गरे।

टीनासँग डेट गर्नुअघि हनी सिंहले शालिनी तलवारसँग विवाह गरेका थिए । गत वर्ष हनी सिंहले शालिनीसँग डिभोर्स लिएका थिए । हनी सिंह र शालिनीले २०११ मा विवाह गरेका थिए । हनी सिंह र टीना थडानी गत वर्ष अप्रिलदेखि डेट गरिरहेका थिए। जनवरी २०२३ मा हनी सिंहले एक सार्वजनिक कार्यक्रममा टीनालाई आफ्नी प्रेमिकाको रूपमा परिचय गराए। रिपोर्टका अनुसार दुवैले आपसी सहमतिमा ब्रेकअप गर्ने निर्णय गरेका हुन् । यसका बाबजुद पनि ब्रेकअपको सामना गर्न दुवैले समय लिनेछन् ।

रिपोर्टका अनुसार यो ब्रेकअपबाट टिना मन टुटेको छ । ब्रेकअपको सामना गर्न आफ्नो काममा ध्यान केन्द्रित गर्ने प्रयास गरिरहेकी छिन् । यसै क्रममा हनी सिंहले आफ्नो ब्रेकअपको बारेमा खुलेर कुरा गरिरहेका छन् । उनले आफ्नो ब्रेकअपको बारेमा सबैलाई जानकारी दिएका छन् । टीनाले भने ब्रेकअपको बारेमा मिडियासँग कुरा गरेकी छैनन् । उनले यसबारे बोल्न नचाहेको मात्रै बताएकी छन् ।

यसअघि पिंकभिलालाई दिएको अन्तर्वार्तामा हनी सिंहले ब्रेकअपको संकेत दिएका थिए । आफ्नो एल्बमको बारेमा कुरा गर्दै उनले भने,‘एल्बम बनाउन थालेपछि मलाई माया लागेको थियो । त्यही भएर मैले मेरो एल्बमको लागि रोमान्टिक डान्स पनि खिचेँ । तर, यो सम्बन्ध अगाडी बढ्न नसकेकोमा म दुःखी छु । जसका कारण मैले एल्बमको विषयवस्तु परिवर्तन गर्नुप¥यो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);