अल्लु अर्जुनको ‘पुष्पा २’ को टिजर सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

अल्लु अर्जुनको ‘पुष्पा २’ को टिजर सार्वजनिक

नयाँ दिल्ली, २२ चैत्र । अभिनेता अल्लु अर्जुन आजकल आफ्नो आगामी फिल्म पुष्प २ लाई लिएर निकै चर्चामा छन् । यो फिल्मलाई लिएर दर्शकमाझ निकै चर्चा छ । दुई वर्षअघि अल्लुले चलचित्र पुष्पा मार्फत फ्यानको मनमा आफ्नो विशेष स्थान बनाएका थिए ।

अब अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ को लागि सबै उत्सुकताका साथ पर्खिरहेका छन् । यसैबीच, अब ’पुष्पा–द रुल’ को बारेमा ठूलो अपडेट आउँदैछ। फिल्म निर्माताहरूले ट्विटरमा ’पुष्पा २’ को बारेमा एक भिडियो साझा गरेका छन्। यो भिडियोमा अल्लु अर्जुनको झलक देख्न सकिन्छ । २० सेकेण्डको भिडियोमा ‘पुष्पा’ तिरुपति जेलबाट फरार भएको देखाइएको छ । उनी अहिले कहाँ छन्, यसको मिति वैशाख ७ गते दिउँसो ४ बजे थाहा हुनेछ । टिजरसँगै ‘खोज चाँडै अन्त्य हुन्छ’ लेखिएको छ ।

अल्लु अर्जुन र ‘पुष्पा द रुल’ सामाजिक सञ्जालमा टप ट्रेन्डिङमा छन् । यो भिडियोपछि पुष्पा २ लाई लिएर फ्यानमा उत्साह थपिएको छ । फिल्म पुष्पाले पर्दाका सबै कीर्तिमान तोडेको थियो । यस फिल्मको गीतदेखि लिएर एक्सन दृश्य र संवादसम्म सबैले सनसनी मच्चाएको थियो । मानिसहरूले आजसम्म यो फिल्मका संवादहरू दोहोर्याइरहेका छन्।

Leave a Reply